April 20, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

युक्रेनलाई सहयोग गर्न ६१ अर्ब डलरको राहत प्याकेज अमेरिकी प्रतिनिधि सभाबाट पारित

२०८१ बैशाख ९

1K

युक्रेनलाई सहयोग गर्न अमेरिकी प्रतिनिधि सभाले ६१ अर्ब डलरको राहत प्याकेज पारित गरेको छ। युक्रेनलाई सहयोग गर्ने प्रस्तावका पक्षमा ३११ मत पर्‍यो भने विपक्षमा ११२ मत मात्र। अब यो प्रस्ताव पारितका लागि अमेरिकी सिनेटमा जानेछ। अबको केही दिनमा सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ। यसलाई सिनेटमा पारित गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गरी कानुनको रूपमा मान्यता दिनेछन्।

बाइडेनले यस सहयोगबाट युद्धलाई अगाडि बढ्नबाट रोक्ने र हजारौँको ज्यान जोगाउन सकिने दाबी गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रस्ताव पारित भएकामा खुसी व्यक्त गरेका छन्। यस प्रस्तावमा इजरायललाई करिब २६ अर्ब डलर बराबरको सैन्य सहायता पनि दिइएको छ। गाजामा मानवीय सहायताका लागि करिब ९ अर्ब डलर राहत प्याकेजमा राखिएको छ।