October 15, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रास्वपाका नगर सभापति पार्टी कार्यालयबाटै पक्राउ

२०८३ आश्विन २८

155

सप्तरी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगर समितिका सभापति साविर हुसेन पार्टी कार्यालयबाटै पक्राउ परेका छन् ।

लागुऔषध गाँजा बरामद भएको सवारी दुर्घटनासम्बन्धी मुद्दामा फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित रास्वपाको पार्टी कार्यालयबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले बताए ।
प्रवक्ता पालका अनुसार २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार एकआपसमा ठोक्किएका थिए । सोही मुद्दा साविरलाई पक्राउ गरिएको हो । उनीमाथि इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता भएको थियो ।
दुर्घटनापछि बा.८ च ९९६३ नम्बरको कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट राजमार्ग पार गर्दै गरेको उक्त कारलाई ठक्कर दिएको थियो । घटनापछि प्रहरीले ट्रकका चालकसहित ट्रक र कार नियन्त्रणमा लिए पनि कारका चालक फरार भएका थिए । सोही घटनासम्बन्धी लागुऔषध मुद्दामा हुसेन फरार रहेको र अहिले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।