October 14, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

चन्द्रपुर–४ मा कांग्रेसको वडा सभापतिमा लालबाबु साह सर्वसम्मत निर्वाचित

२०८३ आश्विन २८

635

रौतहट : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं. ४ को वडा सभापतिमा लालबाबु साह सर्वसम्मत निर्वाचित भएका छन्।

प्रजातन्त्र सेनानी कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न वडा अधिवेशनले साहलाई सर्वसम्मत रूपमा वडा सभापतिमा चयन गरेको हो। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीअन्तर्गत वडा तहमा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ। यसैक्रममा चन्द्रपुर–४ मा सहमतिका आधारमा नेतृत्व चयन भएको देउवा पक्षका संयोजक युवा नेता रबिनचन्द्र कोइरालाले जानकारी दिएका छन् ।