October 14, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

पाँच प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना

२०८३ आश्विन २८

100

काठमाडौं : देशका केही स्थानमा आज वर्षा हुनेछ । पाँचवटा प्रदेशका केही भूभाागमा हल्का वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली भूभागका साथै वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ ।
विभागले राति हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा\हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले जानकारी दिएको छ ।