October 6, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

विद्यार्थी नेता सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी

२०८३ आश्विन १९

1.1K

काठमाडौँ : आम जनता पार्टी ( आजपा) को केन्द्रीय कमिटीको पूर्ण बैठकले विद्यार्थी नेता बालकृष्ण सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

असोज १८ गते आइतबार कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकले नेता सापकोटालाई उक्त महत्वपूर्ण जिम्मेवारी दिएको हो । लामो समयदेखि पार्टीमा सक्रिय रहँदै आएका सापकोटालाई नयाँ जिम्मेवारी प्राप्त भएकोमा पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूले हार्दिक बधाई ज्ञापन गर्दै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

विदेश विभाग प्रमुखको भूमिकामा रहेर उनले पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुका साथै वैदेशिक क्षेत्रमा रहेका नेपालीहरूका समस्या समाधान र हकहितका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ। उनी आम जनता पार्टीका अध्यक्ष तथा निवर्तमान सहरी विकास मन्त्री प्रभु शाहका स्वकीय सचिव समेत हुन् ।