काठमाडौँ : काठमाडौँ महानगरपालिका वडा नम्बर-२९ अनामनगरका युवा व्यावसायी तथा लायन्स क्लब अफ काठमाडौँ समृद्धि २०२६ का प्रेसिडेन्ट (अध्यक्ष) सुशील खरेलले आफ्नो जन्मदिनको अवसरमा श्री स्वस्थानी गुरुकुल संस्कृत वेद विद्याश्रममा शैक्षिक र खाद्यान्न सामग्री वितरण तथा विद्याआश्रमका सम्पूर्ण बटुकहरूलाई भोजन गराएका छन् ।
आज असोज ८ गते आफ्नो शुभ जन्मदिनको अवसरमा कीर्तिपुरको चोबार अवस्थित श्री स्वस्थानी गुरुकुल संस्कृत वेद विद्याश्रममा व्यावसायी खरेलले शैक्षिक र खाद्यान्न सामग्री वितरण तथा विद्याआश्रमका सम्पूर्ण बटुकहरूलाई भोजन गराएका हुन् । उनले विद्याआश्रमलाई आवश्यक पर्ने डटपेन, कपी खाद्यान्न सामग्री अन्तर्गत दाल, चामल, केही लत्ताकपडा र थर्मकोट लगायतका आवश्यक सामग्रीहरू उपलब्ध गराएको बताएका छन ।
उनले विद्याआश्रम परिवारले उनीप्रति गरेको सद्भाव र सहयोगका लागि अस्मरणीय रहेको भन्दै हार्दिक कृतज्ञता व्यक्त गरेका छ्न । आगामी दिनहरुमा पनी आफूले सक्नेसम्मको सहयोग यसरीनै निरन्तरगर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्याआश्रमले पनि जन्मदिनको अवसरमा सुख,शान्ति,समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनलाई हार्दिक सम्मान प्रकट गरेका थिए।

