October 5, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मौसम : तिन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ आश्विन १

260

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
जसको प्रभावले मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका केही स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।