October 11, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज जेसिज कपको फाइनल खेल

फाईल तस्विर ।
२०८३ भाद्र ३१

605

रौतहट : चन्द्रनिगाहपुर सिटी जेसीजको आयोजनामा सञ्चालन भइरहेको रौतहट जिल्ला अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता–२०२६ को फाइनलमा मुनलाइट एकेडेमी, चन्द्रनिगाहपुर र श्री जनता माध्यमिक विद्यालय, कटहरिया फाईनल खेल खेल्दै छन् ।
आज बुधवार प्रतियोगिताको फाइनल बिहान ११ बजेदेखि चन्द्रनिगाहपुर–बेतौनास्थित कोटिहोम क्रिकेट खेल मैदानमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ । यसअघि गत भदौ २४ गते फाइनल खेल हुने तय भए पनि प्राविधिक कारण तथा वर्षाका कारण खेल स्थगित भएको थियो ।
भदौ १८ गतेदेखि सुरु भएको प्रतियोगितामा रौतहट जिल्लाका १२ वटा विद्यालयको सहभागिता रहेको थियो । विभिन्न चरणका प्रतिस्पर्धापछि मुनलाइट एकेडेमी र श्री जनता माध्यमिक विद्यालय, कटहरिया फाइनलमा पुगेका हुन् । बुधबार हुने खेलले प्रतियोगिताको विजेता तथा उपविजेता निर्धारण गर्नेछ ।