September 6, 2026, Sunday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

आज वि.सं.२०८३ साल भाद्र २१ गते आइतबार,हेर्नुहोस् राशिफल

२०८३ भाद्र २१

125

  • वि.सं.२०८३ साल भाद्र २१ गते । आइतबार । ईश्वी सन् २०२६ सेप्टेम्बर ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–दशमी, बेलुकी ६ बजेर २५ मिनेट उप्रान्त एकादशी । नक्षत्र–आद्र्रा, बेलुकी ७ बजेर ५७ मिनेट उप्रान्त पुनर्वशु ।
    आजको राशिफल
    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।
    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    धन भावमा गोचर गर्ने शुभ चन्द्रमाले खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागि समय फलदायि रहनेछ । राजनीतिक तथा सामाजिक काम समय खर्चनेहरूका लागी समय शुभ रहनेछ ।
    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । व्यापार तथा उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।
    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेका काम तथा अध्ययन गर्नेहरूका लागि समय उत्तम रहेको छ ।
    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । मायालुका साथ दिनभर समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ । पैतृक सम्पत्तिको प्रयोग तथा परिचालन गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरूको सहयोगमा सवारी साधन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गर्ने समय रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यातित हुनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहेको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । अध्ययनबाट नतिजा हात पार्न सकिनेछ । विपत्तिमा परेमा मानिसलाई सहयोग गर्ने अवसर प्राप्त हुनेछ ।
    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने तथा व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसाय तथा औद्योगिक क्षेत्रबाट प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काममा थोरै भए पनि समय खर्चँदा मन प्रसन्न हुनेछ ।
    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    बौद्धिक व्याक्तित्वहरु सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    राजनीति तथा समाजसेवामा समय लगानी गरेपनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला । घरजग्गा सम्बन्धी काममा मन्दी आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ ।
    तपाईँको दिन शुभ रहोस् ।