September 5, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रसुवा बाढी अपडेट : १३४४ को शव फेला, झण्डै ५ हजार अझै बेपत्ता

२०८३ भाद्र २०

240

रसुवा : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेका १ हजार ३४४ को शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन् ।
प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन् । अन्य ५०१ वटा शवका आंशिक अङ्गहरू फेला परेका छन्, जसको पहिचान हुन बाँकी छ ।
बेपत्ता हुने ४,८९८ जनामध्ये २,९३० जना नेपाली र ६१८ जना विदेशी नागरिक रहेका छन् । नेपाली बेपत्ताहरूमा २,४४८ पुरुष र ४८२ महिला रहेका छन् । १,३५० जनाको बेपत्ता भएको जानकारी फोनमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ८,६३१ जनाको जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा ७,३८७ नेपाली र १,२४४ विदेशी नागरिक रहेका छन् । विस्थापित भएका ३,६५५ जनालाई हाल विभिन्न होल्डिङ सेन्टरहरूमा राखिएको छ ।
खोज तथा उद्धार कार्यका लागि ७,२१२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । उद्धारकै क्रममा ६५ जना प्रहरी कर्मचारीहरू बाढीबाट प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन रहेका छन् ।
फेला परेका शवहरूमध्ये १,०३० वटाको जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । मृतकको पहिचानका लागि डिएनए (म्ल्ब्) संकलन कार्य पनि तीव्र पारिएको छ । हालसम्म १,२६० मृतक र ९७२ मृतकका आफन्त गरी कुल २,२३२ जनाको डिएनए नमुना संकलन गरिएको छ । पहिचान हुन नसकेका १,२७० जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ ।