September 4, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

त्रिशूली–३ ‘ए’ सुरुङबाट कबिर महर्जनको पनि जीवितै उद्धार, खोजी तथा उद्धार कार्य निरन्तर जारी

२०८३ भाद्र १९

180

काठमाडौं : रसुवा बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये अर्का एक जनाको पनि सकुशल जीवितै उद्धार गरिएको छ ।
उद्धार टोलीले मेकानिकल फोरम्यान सञ्जय साहलाई बाहिर निकालेको केही समयमै मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई पनि जीवितै उद्धार गर्न सफल भएको हो । निकाल्ने बेलामा महर्जनले हात जोडेर उद्धारकर्मीलाई धन्यवाद दिएका थिए ।
साहको उद्धारलगत्तै भित्र अर्का एक व्यक्ति जीवितै रहेको यकिन भएको थियो । सोही आधारमा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले तत्काल सुरुङभित्र खोजी तीव्र पार्दै महर्जनलाई पनि सकुशल बाहिर निकालेको हो ।
उद्धार गरिएका दुवै जनालाई प्राथमिक उपचार र स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंकामा सुरक्षाकर्मीको टोलीले खोजी तथा उद्धार कार्यलाई निरन्तर जारी राखेको छ ।