September 4, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट सञ्जय साहको जीवितै उद्धार

२०८३ भाद्र १९

155

काठमाडौं : त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने अर्का एक व्यक्ति पनि भित्र जीवितै रहेको पुष्टि भएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै बाहिर निकालेको हो । इन्जिनियरसमेत रहेका सुरुङविद् एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले साहको जीवित उद्धार भएको र भित्र रहेका अर्का एक जना पनि जीवितै रहेको सूचना प्राप्त भएको पुष्टि गरेका छन् ।
उनका अनुसार सुरुङभित्र अझै अन्य मानिसहरू पनि फसेको जानकारी आएकाले खोजी तथा उद्धार कार्यलाई थप तीव्रताका साथ अगाडि बढाइएको छ ।
टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो । सोही संवाद र आवाजलाई पछ्याउँदै सुरुङभित्र पुगेको टोली साहलाई जीवितै उद्धार गर्न सफल भएको हो ।
अहिले पनि उद्धार टोली सुरुङभित्रै खटिएर बाँकी व्यक्तिहरूको उद्धारमा जुटिरहेको छ ।