September 4, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भोटेकोशी बाढी अपडेट : प्रहरी अनुसार हालसम्म १,२९० जनाको शव फेला, झन्डै ५ हजार अझै बेपत्ता

२०८३ भाद्र १९

130

रसुवा : भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १,२९० जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मृतकको संख्या बढ्दै गएको छ भने अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेका छन् ।
फेला परेका १,२९० शवहरूमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन् । यस्तै ५३२ वटा मानव शरीरका आंशिक अङ्गहरू फेला परेका छन् भने २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ९२६ वटाको व्यवस्थापन गरिसकिएको छ ।
विपद्मा परी हालसम्म ४,७९८ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेहरूमा २,८४७ स्वदेशी र ६०१ विदेशी नागरिक रहेका छन् भने १,३५० जनाको बारेमा फोनमार्फत जानकारी प्राप्त भएको छ । अर्कोतर्फ, सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८,१२७ जनाको सफल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमध्ये ६,०९० पुरुष र २,४७२ महिला रहेका छन् ।
अहिलेसम्म १,१४१ जना मृतकको पहिचान हुन सकेको छैन । पहिचानका लागि प्रहरीले मृतकका १,१४३ र आफन्तका ७१९ गरी कुल १,८६२ वटा डीएनए नमुना संकलन गरेको छ । पहिचान नभएका शवहरूको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।