September 4, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदै

फाईल तस्विर ।
२०८३ भाद्र १९

130

काठमाडौं : प्रधानमन्त्री बालेन शाह अमेरिका जाने भएका छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तयारी भएको स्रोतले बतायो ।
अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभा हुँदैछ । उक्त सभामा प्रधानमन्त्री बालेनसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि जानेछन् ।
केही समयअघि प्रधानमन्त्री बालेन नजाने भनिएको थियो । गत १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन सभामा सहभागी हुन अमेरिका जान लागेको स्रोतले दावी गरे ।
संयुक्त राष्ट्र संघको ८१ औं महासभा सन् २०२६ को सेप्टेम्बर ८ देखि सुरु हुँदैछ । महासभाको उद्घाटन सेप्टेम्बर ८ (तदनुसार भदौ २४) मा हुनेछ ।