रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा ८ बेतौना स्थित रौतहट जिल्ला अन्तर माध्यामिक बिद्यालय टी – २० नकआउट क्रिकेट प्रतियोगिता २०८३ सुरु भएको छ ।
आजदेखि लगातार ७ दिन सम्म निरन्तर चल्ने त्रिकेट प्रतियोगिता चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बेतौना अवस्थित कोटीहोम क्रिकेट मैदानमा सुरु भएको हो । चन्द्रपुर सिटी जेसिजको आयोजना तथा चन्द्रपुर क्रिकेट एकेडेमीकोे सहकार्यमा क्रिकेट प्रतियोगिता सुरु भएको चन्द्रपुर क्रिकेट एकेडेमीेका संस्थापक देवराज कार्कीले जानकारी दिएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जेसिज सिनेटर जिवन कार्कीले जेसिजको मुलमर्म युवाको नेतृत्व तथा सामाजिक उत्तरदायित्व खेलकुदको मैदानमा आफ्ले सहकार्य,अनुशासन र एकतालाई समाजमा पनि लागुगरी विपद्मा रहेका पिडित समुदायप्रति उभिन आजको आवश्यकता रहेको बताएका छन् । खेलमा सहभागी विद्यार्थी भाईबैहिनीलाई खेल खेल्दा अवश्य हारजीतको माहोल सृजना हुन्छ, त्यहि भएर धैर्यताको पनि उत्तीनै आवश्यकता जरुरी हुन्छ ।
उनले मैदानमा उत्रिनु भएका सम्पुर्ण खेलाडीहरुले आफनो उत्कृट प्रतिभा देखाएर अघि बढ्नु हुन्छ भन्दै विद्यार्थीहरु एवं आयोजक टिमलाई नेपाल जेसिज केन्द्रीय कार्यसमितिका तर्फबाट हार्दिक बधाई तथा प्रतियोगिताको सफलताको शुभकामना व्यक्त रेका थिए ।
आज सुरु भएको पहिलो प्रतियोगितामा नमुना आवासीय माध्यामिक विद्यालय चन्द्रपुर ५ र झरना आवासीय माध्यामिक विद्यालय चन्द्रपुर ८ सहभागी रहेको र दोस्रो प्रतियोगितामा श्री जय किसान माध्यामिक विद्यालय धरहरी र श्री माध्यामिक विद्यालय कनकपुर सहभागी रहने चन्द्रपुर सिटि जेसिज २०२६ का अध्यक्ष देवराज न्यौपालेले जानकारी दिएका छन् ।








