September 3, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

भोटेकोसी बाढी : एक हजार २२२ शव फेला, एक हजार ६५५ डीएनए संकलन

फाईल तस्विर ।
२०८३ भाद्र १८

125

काठमाडौं : रसुवास्थित भोटेकोसी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ ।
३४ बालक, ४३ बालिका, २३६ महिला, ४०६ पुरुषको शव फेला परेको छ । ४२१ आंशिक अंग, ८२ लिंग नखुलेको गरी एक हजार २२२ शव फेला परेको हो । हालसम्म ८८२ शव जमिनमुनि व्यवस्थापन गरिएको छ ।
नेपाल प्रहरीका अनुसार हालसम्म एक हजार ९२ शवको डीएनए संकलन गरिएको छ । ५६३ बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको छ । जम्मा एक हजार ६५५ डीएनए संकलन गरिएको छ ।
बेपत्ताको संख्या चार हजार ८७५ रहेको छ । यसमा विदेशीको संख्या ६०१ छ ।