August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

त्रिशूली र नारायणी नदीमा बाढीको चेतावनी

२०८३ भाद्र १४

285

काठमाडौँ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीको जलसतहमा तीव्र वृद्धि भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ७ः०० बजेको मापनमा धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह ३ मिटरले बढेको छ । भोटेकोशी क्षेत्रबाट आएको यो बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ । साथै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा समेत भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह थप बढ्ने अनुमान गरिएको छ ।
महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ, “रसुवाबाट आएको बाढी र गण्डकी प्रदेशको भारी वर्षाका कारण नारायणी नदीको जलसतह बढ्दो क्रममा छ । तसर्थ, चितवन, नवलपरासी लगायत नारायणी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई आज दिनभर उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ ।“