August 29, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो, २३ सयभन्दा बढीको उद्धार

२०८३ भाद्र १३

120

काठमाडौँ : रसुवामा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाहरूमा गरी हालसम्म ६२६ जनाको शव फेला परेको पुष्टि गरेको हो । प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षति चितवन र नवलपरासी पूर्वमा भएको छ । चितवनः २३३ जना,नवलपरासी पूर्वः १५८ जना,गोरखाः ५४ जना,धादिङः ४९ जना,नवलपरासी पश्चिमः ४७ जना,नुवाकोटः ४१ जना,तनहुँः ३१ जना र रसुवाः १३ जना यसैबिच, बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। जसमा नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६ र धादिङबाट ३ जना रहेका छन् ।
बाढीका कारण घाइते भएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका तथा डिस्चार्ज हुनेको संख्या १४० पुगेको प्रहरीले जनाएको छ ।