August 29, 2026, Saturday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रधानमन्त्री उद्धार कोषमा मोतिदान कन्स्ट्रक्सनले गर्यो २० लाख १ हजार सहयोग

२०८३ भाद्र १३

210

रौतहट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले मानवीय तथा भौतिक क्षति पुर्याएपछि मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख १ हजार सहयोग गरेको छ ।
प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि निर्माण क्षेत्रमा क्रियाशील ‘क’ वर्गको निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख १ हजार सहयोग गरेको हो । कम्पनीका अध्यक्ष विकास गौतमले महाविपत्तिमा परेका नागरिकलाई तत्काल राहत पुगोस् र उद्धार कार्यलाई सघाउ पुगोस् भन्ने पवित्र उदेश्यका साथ उक्त रकम सरकारी कोषमा जम्मा गरिएको जानकारी दिए ।
देशमा परेको यस्तो ठूलो प्राकृतिक विपद्को समयमा पीडित जनताको मलम बन्नु हरेक सामाजिक र व्यावसायिक संस्थाको दायित्व हो,’उनलेभने,‘मोतिदानका तर्फबाट पठाइएको यो रकमले प्रभावित क्षेत्रमा राहत र पुनस्थापनाका लागि सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
लामो समयदेखि नेपालको पूर्वाधार निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउदै आएको मोतिदान कन्स्ट्रक्सनको यो मानवीय कदमले विपद्को यस कठिन घडीमा अन्य निजी क्षेत्रका संस्थाहरुलाई पनि राहत सहयोगमा जुट्न थप प्रेरणा मिलेको कन्स्ट्रक्सनका सहयोगी सोभीत सिलवालले एक प्रश्नलाई जानकारी दिए ।