August 28, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

राहत लिएर नुवाकोट पुगे गायक दुर्गेश थापा

२०८३ भाद्र १२

200

काठमाडौं : गायक दुर्गेश थापा बाढी पीडितलाई राहत लिएर प्रभावित क्षेत्रतिर पुगेका छन् । उनले लत्ताकपडा, सिरक डस्ना तथा अन्य आवश्यक सामग्री वितरण गर्न लागेका हुन् ।
हिजोदेखि लगातार नुवाकोटबाट धेरै फोन र सन्देशहरू आइरहेको उनले बताएका छन् ।
‘बाढी–पहिरोले धेरै परिवारको घरबास, खाद्यान्न र दैनिक जीवन नै तहसनहस बनाएको खबरले मन निकै भारी भएको छ,’ दुर्गेशले फेसबुकमा लेखेका छन्, ‘त्यसैले अब धेरै सोच्ने समय छैन । हामी राहतका सामग्री लिएर नुवाकोटतर्फ जाँदै छौँ ।’
उनी लेख्छन्, ‘दुःखमा परेको आफ्नै नेपालीको अनुहार सम्झिँदा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ भन्ने विश्वास छ । मलाई कलाकारिताको क्षेत्रमा यहाँसम्म ल्याउने तपाईँहरू नै हुनुहुन्छ । त्यसैले तपाईँहरूले दिएको माया र विश्वासको केही अंश आज दुःखमा परेका नेपालीहरूसम्म पुर्याउन पाउँदा आफूलाई भाग्यमानी ठान्नेछु ।’