August 28, 2026, Friday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जनभावना आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा कुश्वार

२०८३ भाद्र ११

985

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ माझिटोल स्थित श्री जनभावना आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
आज विहिवार विद्यालयकै प्रङ्गणमा एक कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । शैक्षिक योग्यता तथा सरकारी विद्यालय प्रति लगावराख्ने व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षपदको जिम्मेवारी दिने भनेर चन्द्रपुर नगरपालिका वडा नम्बर–६ का वडा अध्यक्ष सहदेव केसीको नेतृत्वमा माझिटोलकै लाल बहादुर कुश्वारलाई अध्यक्ष पदको जिम्मेवारी दिदै ७ सदस्य समिति गठन गरिएको छ ।
त्यस्तै सदस्य पदमा संगिता चौधरी,महेश राम,रमा विश्वकर्मा, शिक्षक प्रतिनिधिको तर्फबाट पुजा गुरुङ र सो विद्यालयका प्रधानाध्यापक विश्वनाथ प्रसाद साह गरि ७ जनाको समिति गठन गरिएको वडा अध्यक्ष केसीले जानकारी दिएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दे वडा अध्यक्ष केसीले सरकारको सरकारी बिद्यालयमा करोडौं लगानी भएपनि निजी विद्यालयमा विद्यार्थीको चाँप बढिरहेको उदाहरण दिए । सरकाले सरकारी विद्यालयका विद्यार्थीलाई किताव,कपी,विद्यालय पोशाक,दिवा खाजा तथा छात्रावृती सहित प्रदान गर्दा पनि विद्यार्थी निजी विद्यालय तिर हजारौं रकम खर्चेर जान बाध्य छन् ।
राज्यले गरेको करोडौं लगानी वालुवामा पानी जस्तो भएको उनको भनाई रहेको छ । सरकारी विद्यालयमै आफ्नो बच्चाहरुलाई अध्ययनको लागी पठाउन र विद्यालयमा भएको कमि कमजोरीलाई नजरअन्दाज गर्दे सुधार गर्न अभिभावकहरुलाई सुझाव समेत दिएका छन् । विद्यालय सुधारको लागि जनप्रतिनिधि,शिक्षक शिक्षिका समितिले आफ्नो छोराछोरी सामुदायिक विद्यालयमै अध्ययन गराउनु पर्ने वडा अध्यक्ष केसिले सुझाव दिए ।