August 27, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन २७ करोड ३३ लाख सहयोग संकलन

२०८३ भाद्र ११

180

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि एकैदिन २७ करोड सहयोग संकलन भएको छ । बाढीपीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमार्फत अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त सहयोग रकम बुझेका छन् ।
पछिल्लो ६ घण्टाको अवधिमा अर्थमन्त्रालयमा उपस्थित भई विभिन्न १० वटा निजी तथा सरकारी कम्पनीरसंस्थाहरूले कुल २७ करोड ३३ लाख बराबरको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन् ।