August 27, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

१५ औं महाधिवेशन रोक्न देउवा र खड्काको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

२०८३ भाद्र ११

115

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन रोक्नु पर्ने माग गरेका शेरबहादुर देउवा र पूर्णबहादुर खड्कालाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखेरलको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले देउवा र खड्काको निवेदनमा अन्तरिम आदेश नभएको बताए । उनले भने, ‘पुरक निवेदनमा महाधिवेशन रोक्न आदेश हुनुपर्ने माग थियो । तीन सदस्यीय पूर्ण इजलासले त्यो मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।’
सर्वोच्चको आदेशसँगै नेपाली कांग्रेसको संस्थापन समूहले आफ्ना नियमित दलीय गतिविधि गर्न पाउने भएको छ । सर्वोच्चले पुनरवलोकनको निवेदनको रोहमा जस्तोसुकै आदेश हुने भए पनि अहिले अन्तरिम आदेश नहुने भनेको हो ।
देउवा–खड्का समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै आइरहेको छ । सभापति गगन थापा नेतृत्वले भने आगामी असोज १६–१९ गते १५ औं महाधिवेशन गर्ने गरी गतिविधि अघि बढाइसकेको छ ।