काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि पूर्वप्रहरी प्रमुख (प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आफ्नो एक महिनाको पेन्सन रकम प्रदान गर्नुभएको छ ।
आज खापुङले आफ्नो सामाजिक संजाल मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बताउनुभएका हुन् । विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो पेन्सन सहयोग गरेको उहाँको भनाई छ ।
उहाँले बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, राहत सामग्री उपलब्ध गराउने तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले प्राकृतिक विपत्तिको समयमा पीडित परिवारको साथमा उभिन सबैलाई आग्रह गर्नुको साथै आफ्नो क्षमता र क्षेत्रअनुसार राहत तथा उद्धार कार्यमा योगदान गर्नसमेत अपिल गर्नुभएको छ ।






