August 27, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

जनज्योति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा कार्की पुनः निर्वाचित

२०८३ भाद्र १०

900

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–६, चन्द्रनिगाहपुर स्थित जनज्योति बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्ष पदमा दोस्रो कार्यकालको लागी संजय कुमार कार्की निर्वाचित भएका छन् । आज बुधबार भएको जनज्योति बहुमुखी क्याम्पसको सञ्चालक समितिको निर्वाचनमा दोस्रो कार्यकालका लागि संजय कुमार कार्की ३९ मत ल्याउदै निवाचित भएका हुन् ।
त्यस्तै अध्यक्ष पदका अर्का उम्मेद्वार बालकृष्ण श्रेष्ठले २४ मत ल्याएर पराजित भएका छन् भने प्रमिला उपाध्यायले ३ मत ल्याएर पराजित भएकी छिन् ।
क्याम्पस सञ्चालक समिति निर्वाचनमा कुल ६६ जना मतदाताले मतदान गरेका थिए । जसमध्ये खुल्ला सदस्य तर्फ चिरञ्जिवी गौतमले ४३ मत,राजेन्द्र तिवारीले ५० मत,अशोक पहाडीले ५९ मत,नारायण बहादुर न्यौपानेले २७ मत,जनकराज भारतीले १७ मत,सन्नी राउतले ५ मत,सुमन गौतमले ९ मत, हरी बहादुर कार्कीले २९ मत र श्याम फनैतले ५ मत पाएका थिए ।
त्यस्तै महिला सदस्य तर्फ प्रेम कुमारी तिमल्सिनाले २५ मत र तारादेवी सापकोटाले ३७ मत पाएकी छिन् । अदिवासी सदस्य तर्फ सावित्री कुश्वारले ३० मत र अर्जुन चौधरीले ३३ मत पाएका थिए ।
जनजाति सदस्य तर्फ भलक श्रेष्ठले ४८ मत र संगम श्रेष्ठले १६ मत पाएको निर्वाचन संयोजक दिपेन्द्र कुमार मण्डलले एक प्रश्नलाई जानकारी दिएका छन् ।
नवनिर्वाचित अध्यक्षले क्याम्पसको प्रशासनिक तथा शैक्षिक नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा यस भन्दा अगाडि निर्वाचित भएका कार्कीले प्रशासनिक तथा शैक्षिक क्षेत्रमा उत्कृष्ठ कार्य सम्पादन गर्दै आएका थिए ।