August 27, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

निखिलको चलचित्र ‘आचार्य’को टिजर सार्वजनिक

२०८३ भाद्र १०

325

काठमाडौं : निखिल उप्रेतीले चलचित्र ‘आचार्य’को टिजर सार्वजनिक भएको छ ।
सार्वजनिक टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा निखिललाई गाडी, मोटरसाइकल, हेलिकोप्टरबाट स्टन्ट र एक्सन गरेको देखिन्छ । हतियार र आगोसँग खेलेका उनले टिजरमा आफूलाई केन्द्रमा राखेका छन् । उनी अन्यायविरुद्ध लड्ने एक योद्धाका रुपमा एक्सनमा चित्रित छन् ।
निखिल स्वयं निर्देशक रहेको ‘आचार्य’मा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको पनि अभिनय रहेको छ ।
यो चलचित्रमार्फत पूर्णिका सिजापतिले नव–नायिकाका रूपमा डेब्यु गरेकी छन् । बलिउड कलाकार दीपजंग राणा र रोहित चौधरीसँगै नेपाली कलाकार ध्रुव कोइराला, प्रमोद अग्रहरी,सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायतको अभिनय रहेको छ ।
सौरभ लामा, मनु विक र नवराज थापाकोे छायांकन रहेको चलचित्रमा शुक्रराज शाहको एक्सन निर्देशन छ । बन्दे प्रसादले सम्पादन गरेको ‘आचार्य’को टिजर तथा ट्रेलर भने सन्देश शाहले तयार पारेका हुन् । ‘आचार्य’ असोज ९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

टिजर हेर्नुहोस्  :