August 26, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने कठायतविरुद्ध ५ दिन म्याद थप

२०८३ भाद्र ९

110

काठमाडौं : ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप भएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका–२ घर भइ काठमाडौं बस्दै आएका २७ वर्षीय राज कठायतविरुद्ध ५ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । राष्ट्र सेवकलाई काममा बाधा गर्न नहुने र अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद थप भएको हो ।
कठायतले मंगलबार ड्युटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए । आकाशे पुलबाट बाटो काट्नभन्दा प्रहरीमाथि नै आक्रमण भएको बताइएको छ ।