August 25, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

मोहम्मद जयन्तीका अवसरमा भोलि सार्वजनिक बिदा

२०८३ भाद्र ९

85

काठमाडौँ : मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै भोलि बुधबार मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिइएको जनाएको छ ।
वि.सं २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ ।
सोही व्यवस्थाअनुसार मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी गराएपछि गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको हो ।