रौतहट : रौतहटको चन्द्रनिगाहपुर स्थित टिभिएस मोर्टसको विक्रेता गणपति अटो इन्टरप्राइजेजले टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।
आज मंगलबार गणपति अटो इन्टरप्राइजेजले चन्द्रनिगाहपुरमा एक कार्यक्रम आयोजना गदै टिभिएस मोर्टसको अर्बिटर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो । शो कार्यक्रममा टिभिएस मोर्टस नेपालको आधिकारिक बिक्रेताका रिजनल (REGIONAL) म्यानेजर अफताब आलमले अर्बिटर इलेक्ट्रिक स्कुटरको बारेमा प्रष्ट पारेका थिए ।
उक्त स्कुटर ग्राहकको आकांक्षा तथा खासगरी युवा पुस्तालाई मन पर्ने आकर्षक डिजाइन र गुणस्तरीय रहेको म्यानेजर आलमले एक प्रश्नलाई जानकारी दिएका छन् ।
उनले दैनिक बहुउपयोगिता कार्यसम्पादन, अत्याधुनिक प्रविधि, उन्नत एरोडाइनामिक डिजाइन, उत्कृष्ट आराम र सेग्मेन्टमै पहिलो नवप्रवर्तनलाई एकै ठाउँमा समेटेर बनाएको समेत जानकारी दिए ।
स्कुटरले दिगोपन, सहज पहुँच र युवा सहरी यात्रुको आकांक्षालाई प्रभावकारी रूपमा संयोजन गर्दै नेपालमा विद्युतीय मोबिलिटीको नयाँ मापदण्ड स्थापित गर्नेमा विश्वस्त रहेको समेत आलमले बताए । कार्यक्रममा गणपति अटो इन्टरप्राइजेज चन्द्रनिगाहपुरका प्रबन्धक निर्देशक रामहरी पंडितले ग्राहकको माग अनुसारनै अर्बिटर इलेक्ट्रिक स्कुटर ल्याइएको बताए ।
अर्बिटर इलेक्ट्रिक स्कुटरमा ३.१ किलोवाट–घण्टाको ब्याट्री जडान गरिएको छ । यसले एकपटक पूर्ण चार्ज गर्दा १५८ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ । स्कुटरमा स्थिरता र सहज यात्राका लागि १४ इन्चको अगाडिको पाङ्ग्रा, ८४५ मिलिमिटर लामो समतल सिट तथा २९० मिलिमिटरको सिधा खुट्टा राख्ने स्थान उपलब्ध गराइएको उनले जानकारी दिए ।
टीभीएस अर्बिटर नेपालमा नियन सनबस्र्ट, कस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध रहेको र यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको समेत प्रबन्धक निर्देशक पंडितले जानकारी दिए ।
कार्यक्रममा एनएमबि बैक चन्द्रनिगाहपुर शाखाका प्रबन्धक उपेन्द्र तिमलसिना,निको इन्सुरेन्स चन्द्रनिगाहपुर शाखाका प्रमुख अन्नत अधिकारी,बिभिन्न रिकन्डीसन हाउसका संचालकहरु,संचारकर्मीहरु लगायतको सहभागिता रहको थियो ।

