एजेन्सी : पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पताल सार्न आदेश दिएको छ । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको गुनासो आएपछि अदालतले यस्तो आदेश दिएको हो ।
तीन न्यायाधीश सम्मिलित इजलासले मंगलबार क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानलाई आगामी ४८ घण्टाभित्र इस्लामाबादस्थित ‘शिफा इन्टरनेसनल अस्पताल’ लगेर चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन आदेश दिएको छ ।
अदालतले खानलाई हप्तामा एकपटक परिवारका सदस्यहरूसँग भेट्न र छोराहरूसँग टेलिफोनमा कुरा गर्न दिने व्यवस्था मिलाउन पनि भनेको छ । अदालतको यो आदेशबारे पाकिस्तान सरकारले भने सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।

