काठमाण्डौं : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधामनमन्त्री शेरबहादुर देउवाले आफू कुनै धर्मको विरोधी नभएको बताएका छन् ।
कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको बन्दशत्रमा आइतबार दोस्रो पटक सम्बोधन गर्दै देउवाले आफू कुनै धर्म विरोधी नभएको स्पष्टीकरण दिएका हुन् । १० मिनेट पहिले बोल्ने क्रममा देउवाले आफू हिन्दू रहेको र धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए ।
‘केही विवाद उठेकाले भन्न चाहन्छु– मैले अघि पनि भनिसके म हिन्दू हुँ, अरु धर्मको विरोधी होइन । इस्लाम, ईसाइ धर्मको विरोधी होइन,’ देउवाले भने । उनले सबैले आफ्नो धर्म मान्न पाउनु पर्ने बताएका थिए । ‘मैले आफूलाई हिन्दू भन्न पाउनु पर्यो नि, त्यही भन्न खोजेको हो,’ देउवाले भने ।

