काठमाडौँ : जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको विषयमा मिडियाको नियमनकारी संस्था प्रेस काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको छ ।
काउन्सिलका प्रवक्ता दीपक खनालले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठलाई पक्राउ गर्नु र जनआस्थाको कार्यालयमा प्रहरीले छापा मारेर सञ्चार सामग्री जफत गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘किशोर श्रेष्ठलाई बुधबार राती पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको र आज बिहान उक्त जनआस्थाको कार्यालयमा हातहतियारसहितप्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
समाचार गलत भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्छ । काउन्सिलले समाचारका विषयमा छानबिन गर्छ र त्यसपछि मात्र कारबाहीका प्रक्रियाहरू हुने गर्छ ।
तर श्रेष्ठका सवालमा त्यसो नगरी प्रहरीले समाचार लेखेकै भरमा पक्राउ मात्र गरेको छैन, उनको घर र कार्यालयमा छापामा मारेका सञ्चार सामग्रीसमेत बरामद गरेको छ । काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रकाबारेमा समेत सचेत गराएको छ । काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको बताएको छ ।
यस्तो छ विज्ञप्ति :






