August 18, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

फिल्म ‘टक्सिक’का बोल्ड दृश्यहरूका कारण विवादमा यश

२०८३ श्रावण २८

180

काठमाडौं : साउथ स्टार यश फेरि एकपटक विवादमा तानिएका छन् । विवादको कारण उनको आगामी सिनेमा ‘टक्सिक’का बोल्ड दृश्यहरू हुन् ।
कन्नड अभिनेत्री रिसिका सिंहले केही दृश्यहरूमा आपत्ति जनाएकी छन् । उनले यश यस्ता दृश्यहरूमा काम गर्न कसरी तयार हुन सक्छन् भनेर प्रश्न उठाएकी छन् । उनले यशका फ्यानहरूलाई यशलाई कर्नाटकबाट निष्कासन गर्न आह्वान समेत गरेकी छन् ।
सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा रिसिकाले ‘टक्सिक’को ट्रेलरमा देखाइएका रोमान्टिक र इन्टिमेट दृश्यहरूले आफूलाई निरास बनाएको बताएकी छन् ।
उनले भनेकी छन्, “मैले यशले महिलाहरूको सम्मान गर्ने अपेक्षा गरेको थिएँ, किनकि उनी एक पति र बुबा हुन् ।” सिनेमाको ट्रेलरमा महिलालाई जसरी चित्रण गरिएको छ, त्यसमा पनि उनले सहमत हुन नसकेको बताएकी छन् ।
उनले भनिन्, “यदि, महिलाहरूको सम्मान गरिएन भने, हामी तिमीलाई कर्नाटकबाट निकालिदिनेछौँ ।” ‘टक्सिक’का बोल्ड दृश्यहरू ट्रेलरमा देखेर अभिनेत्री रिसिकाले आपत्ति जनाएकी हुन् । एनडीटीभी