July 8, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

उपत्यकाका दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

२०८३ असार २२

290

काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १ सय ७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय १, सङ्केत बत्ती उल्लङ्लनकर्ता १ सय ५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २ सय २ जना छन् ।
साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १०, सडक पुथपाथ पार्किङमा १ सय १०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् । कारबाहीबाट १० लाख ६२ हजार असुली गरिएको छ ।