रौतहट : पछिल्लो समय नेपाल प्रहरीमा पद र शक्तिको दुरुपयोग बढ्दै गएको पाईएको छ ।
सरकार फेरीएसंगै नेपाल प्रहरीमा सादा पोशाकमा खटिएर गोप्य सूचना सङ्कलन गर्ने प्रहरी कर्मचारीलाई “घुमुवा“को आर्थिक आतंककको अर्को पर्याय भन्ने भाष्य सिर्जना भएको छ । अनुसन्धानका लागि महत्वपूर्ण मानिए पनि, पछिल्लो समय तस्करहरूसँग रकम असुली,व्यापारीमाथी धरपकड र गैरकानूनी गतिविधिमा संलग्न भएको भन्दै व्यापक जनगुनासो बढेको छ । घुमुवाका नाममा बढ्दो आर्थिक आतंक र त्रासले सामाजिक जनजीवननै प्रभावित बन्दै गएको छ ।
त्यसमाथी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको रबैया कमाउ धन्दा , रकम असुली र सेवाग्राहीलाई दुख दिने भन्दा केहि देखिदैन् । सो कार्यालयमा कार्यरत बरिष्ठ हवल्दार मुनिलाल गुप्ताले आफ्नो पदीय मर्यादा बिर्सेर कार्यालय प्रमुख संगको मिलेमतोमा आफ्नो क्षेत्रधिकारमा पर्ने अधिकाँस व्यक्तिहरुलाई झिकाई दुखदिने गरेको तथा अबैध रकम असुली जारी राखेको एक जना व्यवसायीले नाम नबताउने सर्तमा एक प्रश्नलाई जानकारी दिएको छ ।
अर्को एक स्थानीय ब्यापारीले उनी हरेक बिहान,बेलुका आउने र हाकिमको आदेश छ, भन्दै प्रहरी कार्यालय आउ नत्र थुनिदिने भन्दै धम्काउने गरेको गुनासो गरे ।
नेपाल प्रहरीमा वर्षौंदेखि जरा गाडेर बसेका घुमुवा प्रहरीका कारण संगठनकै बदनाम हुने गरेकाले विभिन्न प्रदेश तथा जिल्लाहरूमा सादा पोशाकका घुमुवा प्रहरी पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेपनी कार्यालय प्रमुखले आफ्नो अनुकुलका प्रहरी राखेर आर्थिक आतंक मच्चयाउने गरेको आरोप स्थानीय ब्यापारीहरुले लगाएका छन ।
मधेश प्रदेश, काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा गैरव्यावसायिक गतिविधिमा संलग्न र तोकिएको मापदण्ड विपरीत खटिएका सयौँ घुमुवाहरूलाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारीमुक्त गर्दै हेडक्वार्टर तानेको लामो समय बित्दा समेत मधेस प्रदेशमा घुमुवा आतंक जारी छ ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनमा सादा पोशाकमा प्रहरी परिचालन गर्न कडाइका साथ रोक लगाइएको छ, तैपनि रौतहटका केही स्थानमा यस्ता गतिविधि लुकीछिपी चलिरहेको छ ।
सादा पोसाक वा घुमुवा जे परिभाषित गरे पनि हाकिमको निर्देशनमा चल्ने आर्थिक संचालकका रुपमा उनिहरुलाई स्थानीयले हेर्ने गरेका छ्न । यसै यस विषयमा जिल्ला प्रहरी प्रमुख सितराम रिजालले सादा पोसाकका प्रहरी जिल्लाले नखटाएको बताउँदै कोही कार्यालय प्रमुखले खटाएको भेटीए प्रहरी नियमावली अनुसार कारवाही हुने बताए ।

