June 29, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

अर्थमन्त्री भट्टराईको गाडि तोडफोड गरेको आरोपमा मिश्र पक्राउ

२०८३ असार ११

2K

रौतहट : मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ( समिर ) चढ्ने सरकारी गाडिमा तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी नगरपालिका – ६ का जितेन्द्र मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । बुधबार बिहान मन्त्रालयको अगाडि पार्किङ गरी राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडिमा केहि अज्ञात समुहले तोडफोड गरेको थियो ।
घटनाको कारण खुल्न सकेको छैन,मन्त्री भट्टराई गाडिमा नभएको बेला सो घटना भएको प्रहरीको भनाई छ । घटनामा संलग्न रहेको व्यक्तीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा प्रवक्ता मनोज यादवले जानकारी दिएका छन् ।