June 25, 2026, Thursday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रौतहट दुर्घटना : चन्द्रपुर पाँचका दिपेश चौधरीको मृत्यु

प्रतीकात्मक तस्बिर
२०८३ असार ११

5

रौतहट : रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बुधबार साँझ ७ः०५ बजे कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले सडकमा रहेको बाख्रालाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार चन्द्रपुर नगरपालिका–५ निवासी २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल चन्द्रनिगाहपुर अस्पताल लगिएकोमा चिकित्सकले साँझ ७ः५५ बजे मृत घोषणा गरेका हुन् ।
सो दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ निवासी अन्दाजी २३ वर्षीय आमोद चौधरी पनि गम्भीर घाइते भएका छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटना ठक्करबाट बाख्राको घटनास्थलमै मृत्यु भएको थियो ।