August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि जेल चलान

फाईल तस्विर ।
२०८३ असार ३

275

काठमाडौँ : सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको बेञ्चले उक्त आदेश दिएको हो ।
उनीहरुलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाइ बाँकी रहेको भन्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले बताइन् ।
मुद्दाका ३९ प्रतिवादी मध्ये ३४ जना व्यक्ति र ५ वटा कम्पनी थिए । भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो कायम गरेको थियो । अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गरिएको थियो ।
प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गतेसम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका निम्ति पक्राउ गरेको थियो ।