September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

महानिर्देशक गौतमलाई थुनामा पठाइयो

२०८३ असार २

265

काठमाडौं : विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजिव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बयान र थुनछेकसम्बन्धी बहस सकिएपछि भ्रष्टाचार अभियोग लागेका गौतमलाई मंगलबार (असार २) पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतमविरुद्ध पनि भ्रष्टाचारका अभियोग थियो । अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदावीसहित अख्तियारले मुद्दा चलाएको थियो ।
अदालतले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी संजिव गौतमलाई थुनुवा पूर्जी दिई थुनामा राख्न आदेशमा भनेको छ ।