September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

रौतहटमा टिफरको ठक्करबाट एक युवकको मृत्यु

२०८३ असार २

2.1K

रौतहट : रौतहटमा टिफरको ठक्करबाट एक जना युवकको घटनास्थलमै मृत्यु भएको छ ।
आज मंगलबार दिउँसो करिब ४ बजे गरुडा चिनीमिल नजिक ढुङ्गा–गिटी बोकेको मधेश प्रदेश ०३–००१ क २५१६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको ना २८ प ७२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक कटहरिया नगरपालिका–६ फतेपुर निवासी २० वर्षीय शेख स्वयल रहेका छन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार उनका मामा सोही गाउँका २२ वर्षीय शेख आशिक गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
पछिल्लो समय रौतहटमा टिपरको ठक्करबाट हुने दुर्घटना रोकिएको छैन । पछिल्ला ९ दिन यता टिपर दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने एक जना गम्भीर घाइते भएका छन् ।
अवैध क्रसर उद्योगबाट नदिजन्य पदार्थको अनियन्त्रित ढुवानीका कारण जिल्लाका सडकहरू दिनप्रतिदिन असुरक्षित बन्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।