काठमाण्डौं : विश्वकपमा इरान र न्युजिल्याण्डको खेल बराबरीमा टुंगिएको छ । समूह जीमा रहेका यी दुई टोलीले २–२ को बराबरी गरेका हुन् ।
न्युजल्याण्डका लागि एलिआ जस्टले २ गोल गरे । उनले सातौँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ५४ मिनेटमा गरे । इरानका लागि रामिन रेजेन्सियाले ३२ मिनेटमा गोल फर्काएका थिए । यस्तै, ६४ औँ मिनेटमा मोहम्मद मोहबीले गोल गरेका थिए । खेल बराबरीमा टुंगिएसँगै दुई टोलीले १ १–१ अंक बाँडेका छन् ।
यससँगै आज भएका सबै खेल बराबरीमा टुंगिएका छन् । इरान र केपभर्डेबीचको खेल गोलरहित बराबरी भएको थियो । यस्तै, साउदी र उरुग्वेबीचको खेल १–१ मा टुंगियो भने बेल्जियम र इजिप्टले पनि १–१ को बराबरी गरे ।
एजेन्सीको सहयोगमा

