August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

व्यवसायी भट्ट र अग्रवाललाई न्यायिक हिरासत पठाईयो

२०८३ जेष्ठ २९

310

काठमाडौं : व्यवसायी दीपक भट्टको बयान सुरु भए पनि शुक्रबार (जेठ २९) नसकिएपछि ‘न्यायिक हिरासत’मा पठाइएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्बभन्दा बढी विगो दाबी गर्दै मुद्दा चलाइएको व्यवसायी दीपक भट्टको बयान सुरु भए पनि शुक्रबार (जेठ २९) नसकिएपछि ‘न्यायिक हिरासत’मा पठाइएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान भएको थियो । भट्टको बयान पुनः सोमबार पनि निरन्तर हुनेछ । बयान सकिएपछि थुनछेक आदेश हुनेछ ।
अर्का प्रतिवादी सुलभ अग्रवालको बयान चल्दै गर्दा बिरामी परेपछि शुक्रबार स्थगन गरिएको छ । विशेष अदालतका सूचना अधिकारी पार्वती हितानका अनुसार मुद्दामा प्रतिवादी कायम गरिएका अग्रवालको उपचार व्यवस्था गरी सोमबार चिकित्सकका साथ बयानमा उपस्थित हुन भनिएको छ । अग्रवाललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ ।
मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ ।
अदालतमा पेस भएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४/७४ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पूनःमूल्यांकन गरी थप मूल्य ३५ करोड ६८ लाख ८६ हजार २३ पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ । इन्फिनिटी होल्डिंग्स प्रालिको आ.व. २०७७\७८ मा थप ४५ करोड पुँजी थप गरिएको अभियोग दाबी छ । त्यसैगरी आ.व. २०७९/८० मा पनि नौ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको जनाइएको छ । यी रकम कर्जा अपचलन गरी बैकिङ कसुरमार्फत प्राप्त रकमबाट बृद्धि गरिएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छ ।