September 1, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

कहाँ–कहाँ छन् बाढी र पहिरोका कारण प्रभावित राजमार्ग

२०८३ जेष्ठ २९

620

काठमाडौँ : देशका विभिन्न स्थानमा परेको वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ । बाढी, पहिरो र मर्मत कार्यले गर्दा धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेका छन् ।
काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल–चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ । चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यका लागि यो सडक अझै एक महिना बन्द रहने जानकारी दिइएको छ ।
भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ । खोटाङको पङ्खु खोलामा खसेको पहिरोका कारण जेठ २ गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ ।
ईलामको पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि, वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने जनाइएको छ ।
बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सडक मर्मत कार्य भइरहेकाले कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौँ सडक खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। यो सडक जेठ १५ गतेदेखि बन्द रहेको हो ।