काठमाडौँ : नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा तथा काज हेरफेर गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो ।
सरुवा भएका अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
सरुवा सूची अनुसार विभिन्न जिल्लाका इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग र प्रधान कार्यालयका विभिन्न विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी प्रधान कार्यालयले आवश्यकता र नियमित प्रक्रिया अन्तर्गत यो सरुवा गरिएको बताएको छ ।
सूची हेर्न लिङ्कमा थिच्नुहोस् ।






