June 2, 2026, Tuesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ जेष्ठ १९

470

काठमाडौँ : सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ः०० बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरेको छ ।
बैठकको सुरुमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।
बैठकको मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथिको छलफल रहनेछ । कार्यसूची अनुसार माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ ।