August 31, 2026, Monday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

प्रधानमन्त्री बालेन्द्र शाहको पुत्ला दहन

२०८३ जेष्ठ १८

735

काठमाण्डौं : प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिको विरोध गर्दे राँके जुलुससँगै शाहको पुत्ला दहन गरिएको छ ।
त्रिचन्द्र क्याम्पस परिसरमा नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइ कमिटीको आयोजनामा भएको कार्यक्रममा पुत्ला दहन गरिएको हो । टाउकोमा कालो रिबन बाँधेर नेपाल तरुण दल केन्द्रीय सदस्य दिल ब.लामाको नेतृत्वमा नेविसंघ अध्यक्ष अमृत शाहीलगायत विभिन्न पदाधिकारी, थापाथली इन्जिनियरिङ क्याम्पसका पूर्व स्ववियु सभापति पुष्कर विक्रम शाहलगायतले मशाल जुलुस निकालेका हुन् ।