काठमाडौं : नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाललाई नियुक्त गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई नेविसंघको अध्यक्ष पदमा नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले बताए ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेविसंघको अध्यक्ष पदमा कटुवाल लाई नियुक्त गरिएको उनको भनाइ छ ।
तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित कटुवाललाई जिम्मेवारी दिइएको छ ।






