काठमाडौं : अनिल कुमार झा नेतृत्वको राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा समाहित भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमका बीच सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा र कांग्रेस सभापति गगन कुमार थापाबीच सहमति पत्रमा हस्ताक्षर भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए ।






