May 27, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

उखु किसानको भुक्तानी छिटै गर्न सांसद सिंहको माग

फाईल तस्विर ।
२०८३ जेष्ठ १२

415

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी छिटै गर्न माग गरेका छन् । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले हालसम्म उखु मिलले भुक्तानी नदिएको बताए ।
“चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि पाएका छैनन् । चाँडै उखु किसानको भुक्तानी होस् । सरकारको अनुदान पनि चाँडै प्राप्त होस्,” उनले भने । रोपाइँको समयमा पर्याप्त मलको व्यवस्था गर्न पनि उनले माग गरे ।