May 27, 2026, Wednesday
Nepal 1:37:26 pm
Trending
एक प्रश्न संवाददाता

नेपाली कांग्रेसले तोक्यो सातै प्रदेशमा जिम्मेवारी

२०८३ जेष्ठ ११

190

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन सातै प्रदेशमा जिम्मेवारी तोकेको छ ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थिति तथा समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा सोमबार बसेको बैठकले कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकबाट यस्तो जिम्मेवारी तोकिएको हो । कोसीका निम्ति डा. डिला संग्रौला, मधेसमा देवराज चालिसे, वाग्मती प्रदेशमा बहादुरसिंह लामालाई जिम्मेवारी दिइएको छ । गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिम प्रदेशका निम्ति उदयशमशेर राणालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
त्यस्तै विभिन्न राजनीतिक दलहरूबाट नेपाली कांग्रेसमा समायोजन भएका नेता तथा कार्यकर्ताहरूको सदस्यता सम्बन्धी विवाद र समस्या समाधान गर्न समितिले १३ वटा जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
जसअनुसार बारामा डा.गोपाल दहित, सिराहामा आङ्गेलु शेर्पा, धनुषामा अब्दुल सत्तार, सप्तरीमा राजीव ढुंगाना, सोलुखुम्बुमा कुसुम थापा, सर्लाहीमा देवप्रसाद तिमिल्सिना, सुर्खेतमा तिलक रानाभाट, महोत्तरीमा प्रमोदहरि गुरागाईँ, कपिलवस्तुमा टेकराज पौडेल, सुनसरीमा जगदीश नरसिंह केसी, रौतहटमा कमलकिशोर घिमिरे, पर्सामा कृष्ण रिजाल र काठमाडौंमा इश्वर अधिकारीलाई जिम्मेवारी तोकिएको छ ।
बाँकी रहेका क्रियाशील सदस्यको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा यही जेठ २१ गतेभित्र प्रविष्ट गर्नुपर्ने बैठकबाट निर्णय गरिएको छ ।